logo-img

एमालेले मुलुकलाई संकटबाट पार लगाउँछ : गोकर्ण विष्ट

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दाबी गरेका छन् । 

नेकपा (एमाले) गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा बोल्दै उनले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको दाबी गरे । 

उनले आर्थिक–सामाजिक रुपान्तरणमार्फत मुलुकमा देखिएको संकट समाधान गर्ने अभियानमा आफूहरू जुटिरहेको समेत बताए । सचिव विष्टले मुलुकमा व्यापार घाटा चुलिँदै गइरहेको भन्दै यस्तो बेला तत्काल राष्ट्रिय पुँजीको निर्माण गर्ने कार्यमा जुटनुपर्ने आवश्यकता औँल्याए । 



सचिव विष्टले काम गर्ने युवा जनशक्ति श्रमको खोजीमा विदेशिन बाध्य हुने अवस्था आएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी एमालेले योजना तर्जुमा गरिरहेको बताए । त्यस अवसरमा उनले पार्टीको प्रचार तथा प्रसार कार्यलाई विश्वसनीय र भरपर्दो बनाउनुपर्नेमा पनि जोड दिए । 





  • प्रकाशित मिति : साउन २१, २०८० आइतबार १७:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया