‘कपिल शर्मा सो’बाट किन गायब छन् चन्दन प्रभाकर ?

मुम्बई– चर्चित टेलिभिजन कोमेडी सो ‘द कपिल शर्मा सो’का कलाकार चन्दन प्रभाकर पछिल्लो समय गायब छन् । 

चन्दनले महाशिवरात्रिका दिन सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरे । उनका फ्यानहरुले तस्बिरमा धेरैथरी कमेन्ट गरेका छन् । 

कतिपय कमेन्टमा फ्यानहरुले सोमा कहिले फर्किने ? भनेर प्रश्न गरेका थिए । जवाफमा चन्दनले सोमा नदेखिनुको कारण खुलाए । ‘जानेबुझेर म सोबाट गायब भएको होइन । सायद मेरो एक्टिङ राम्रो भएन, त्यसैले सो गर्नेहरुले मलाई लिइरहेका छैनन्,’ कमेन्टमै उनले लेखे । 

चन्दनको कमेन्टबाट सहज अनुमान गर्न सकिन्छ कि  निर्माताहरुले उनलाई केही दिनका लागि सोबाट निकालिदिएका छन् ।

चन्दन कपिल शर्माका को–एक्टर मात्र होइनन्, धेरै पुराना साथी पनि हुन् । कपिलको यसअघिको सो ‘कोमेडी नाइट्स विथ कपिल शर्मा’मा पनि चन्दन प्रमुख हिस्सा थिए ।



एकाएक त्यस्तो के आइपर्यो, जसले निर्मातालाई चन्दनसँग रुष्ट गरिदियो ? के चन्दन फेरि सोमा फर्किएलान् ? बलिउडप्रेमीका लागि यो चासो र चिन्ताको विषय बनेको छ । 
 



  • प्रकाशित मिति : फागुन २५, २०७५ शनिबार १९:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया