जनताले सिंगापुर हेरे, स्वीट्जरल्याण्ड हेरे र लंका पनि हेरे : सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नेताहरूको कुरामा विश्वास गर्न सक्ने अवस्था नरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीसँग सिंहले यो देशमा काण्डै काण्डको प्रतिस्पर्धा मात्र हुने गरेको बताए । 

उनले भने, ‘जनताले त हिजो पनि हेरेकै हो । पहिला जनताको आँखामा सिंगापुर बनाइदिन्छु भने । पछि आएर स्वीट्जरल्याण्ड बनाइदिन्छु भने । यी नेताहरूले अहिले आएर यो गठबन्धनको सरकारले लंका बनाइदिन्छु भनेको छ तर मान्ने वाला कोही छैन ।’ 

सांसद सिंहले जनतालाई पटक पटक आँखामा छारो हालेर काण्डमाथि काण्ड गरेर काण्डमय प्रतिस्पर्धा गर्ने बाहेक अरू केही नभएको बताए । वर्षातको कारणले देशभरि तहसनहस भएको तर आफूहरूले सदनमा उक्त कुरा राख्न नपाएको पनि उनको गुनासो छ ।  





  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार १८:२७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया