जनजातिको मागप्रति जनमत पार्टीको ऐक्यबद्धता

डा.चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिको मागप्रति ऐक्यबद्धता जनाएको छ ।

विश्व आदिवासी दिवसको अवसर पारेर बुधबार दिउँसो सो पार्टीका नेताहरुले काठमाडांैको माइतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिले सरकारसँग राखेका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । 

आफनो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरुको हक, अधिकारका लागि लड्ने भएकाले त्यसमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा भेला भएको पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बताए । 

कार्यक्रममा जनमत पार्टीका नेताहरुले संविधानमा उल्लेख गरिएका आदिवासीहरुको वर्गीकरणलाई मानेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा प्रवक्ता यादवले आदिवासी जनजातिको भावनामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न पनि सबैलाई आह्वान गरे । 





  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार १९:९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया