logo-img

रोनाल्डोको पेनाल्टी गोलमा अल नासर अरब कपको फाइनलमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा इराकको अल शोर्तालाई १–० ले हराउँदै अल नासर फाइनलमा प्रवेश गरेको हो । 

अल नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । उनले खेलको ७५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । पेनाल्टी क्षेत्रभित्र साडियो मानेलाई लडाएपछि अल नासरले पेनाल्टी प्राप्त गरेको थियो ।   

गएराति नै भएको दोस्रो सेमिफाइनलमा अल हिलालले अल शबाबलाई ३–१ ले हराउँदै फाइनलको यात्रा तय गर्‍यो । अरब कपको उपाधिका लागि अल हिलाल र नासरले शनिबार प्रतिस्पर्धा गर्नेछन् । 



हालसम्म अल हिलालले दुईपटक यो प्रतियोगिताको उपाधि जितेको छ । अल नासरले भने अहिलेसम्म अरब कपको ट्रफी हात पार्न सकेको छैन । 
 





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार ७:६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया