logo-img

कुखुरालाई दाना दिने बेला करेन्ट लाग्दा महिलाकाे मृत्यु

करेन्ट लागेर कास्कीको पोखरा महानगरपालिका–१८, सराङकोटमा एक महिलाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार सराङकोट गोठादीकी ३० वर्षीया मेनुका बस्नेत थापाको कुखुरालाई दाना दिनेक्रममा करेन्ट लागेर मृत्यु भएको हो ।   

थापाको पोस्टमार्टमपछि बुधबार पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिइन् । उनका श्रीमान् तथा ११ वर्षका छोरा र ७ वर्षकी छोरी छन् ।  







  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार ८:४९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया