पाकिस्तानको संसद भंग, अन्तरिम प्रधानमन्त्री छान्न ३ दिनको समय
पाकिस्तानी राष्ट्रपति अरिफ अल्वी

पाकिस्तानी राष्ट्रपति अरिफ अल्वीले पाकिस्तानको तल्लो सदन विघटन गरेका छन् । राष्ट्रपति अल्वीले वर्तमान सरकारको कार्यकालको अन्त्य गर्दै निवर्तमान प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा बुधबार मध्यरातबाट लागू हुनेगरी संसद विघटन गरेका हुन् ।  

कार्यवाहक प्रधानमन्त्रीको नाम टुंगो लगाउन संविधान बमोजिम प्रधानमन्त्री शहबाज शरिफ र राष्ट्रियसभाका विपक्षी नेतासँग अब तीन दिनको समय दिइएको छ । तर नाममा सहमति हुन नसकेमा ३ दिनभित्र अन्तरिम प्रधानमन्त्रीका लागि नाम टुंगो लगाउने जिम्मा सभामुखलाई हुनेछ ।  

तोकिएको अवधिभित्र निर्णय गर्न नसकेमा उम्मेदवारहरूको नाम पाकिस्तानको निर्वाचन आयोगमा पठाइन्छ । अन्तिम टुंगो भने आयोगले गर्नेछ । 

संसद विघटनपछि अब ९० दिनसम्म अन्तरिम सरकारले चुनावी प्रशासन सम्हाल्नेछ । वर्तमान संसदको कार्यकाल यही १२ अगस्टमा सकिँदै थियो ।  





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार ८:५५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया