logo-img

संखुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु, जेलर र असईविरुद्ध किटानी जाहेरी

दुई कैदीबन्दीको मृत्यु भएको घटनामा दोषी रहेको आरोप लगाउँदै संखुवासभा कारागारका जेलर र प्रहरी सहायक निरीक्षक (असई)विरुद्ध जाहेरी परेको छ।

गत बुधबार बिहान खाँदबारी नगरपालिका–१ मा रहेको कारागार कार्यालय संखुवासभामा रहेका मादी नगरपालिका–५ फेलेदै बस्ने २० वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २७ वर्षीय विकास श्रेष्ठ भन्ने आकाश बलामीको मृत्युभएको थियो । 

सो घटनामा दोष्ी रहेको भन्दै शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार प्रमुख राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरुद्ध जाहेरी परेको हो । 



मृतक दुवैजनाले आफू बस्ने तल्लो तलाको ब्लकको झ्यालको रड काटेर राति कारागारबाट भाग्ने प्रयास गरेको र नियन्त्रणमा लिनेक्रममा उनीहरूमाथि कुटपिटसमेत भएको प्रहरीको भनाइ छ । 

प्रहरी मात्र होइन, उनीहरूमाथि अन्य कैदीबन्दीले पनि कुटपिट गरेका थिए। बिहान अचेत फेला परेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको थियो । 

त्यस राति ड्युटीमा खटिएका असई लक्ष्मी चौधरी र कारागार प्रमुख घिमिरेको पनि संलग्नता भएको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका हुन्। 





  • प्रकाशित मिति : साउन २७, २०८० शनिबार १९:३९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया