logo-img

भारी वर्षाका कारण ७४ उडान रद्द

भारी वर्षाका कारण आइतबार ७४ वटा उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

आन्तरिक उडानमा रहेका बुद्ध, यती, श्री, तारा, सौर्य, सीता र नेपाल वायुसेवा निगमले काठमाडौं विमानस्थललाई आइतबारका लागि आउने र जाने गरी २ सय २४ वटा उडानको तालिका बुझाएका थिए । यीमध्ये दुईतर्फी गरेर कम्तीमा ७४ उडान खराब मौसमका कारण वायुसेवाहरूले रद्द गरेको जानकारी विमानस्थललाई दिएका छन् ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार साँझ ७ बजेसम्म काठमाडौंबाट सुगम रुटअन्तर्गत भद्रपुर, तुम्लिङटार, विराटनगर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढीका दुईतर्फी गरी ७४ वटा उडान रद्द भएका हुन् ।



काठमाडौंबाट हिमाली क्षेत्रअन्तर्गत लुक्ला, भोजपुर र रुकुमका लागि तय गरिएका उडान पनि रद्द भएका छन् । विमानस्थलका अनुसार बुद्धले ४४, यतीले १०, श्रीले ६, ताराले ४, सीताले ४, नेपाल वायुसेवा निगमले ६ उडान रद्द गरेका छन् ।





  • प्रकाशित मिति : साउन २८, २०८० आइतबार २२:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया