सांसद खतिवडाको प्रश्न- राज्य संयन्त्रलाई कमजोर बनाएर एमालेले गर्न खोजेको के हो ?

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानुनले चिनेका राज्यका संयन्त्रलाई कमजोर बनाउने कार्य गर्न नहुने बताएका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठक स्थगित भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले राज्य संयन्त्रलाई कमजोर बनाएर के गर्न खोजिएको हो भन्ने प्रश्न पनि गरे । 

प्रश्न गर्दै उनले भने, ‘एमाले आफू सत्तामा हुँदा राज्यका संयन्त्र आफैले बनाएका हुन, ती संयन्त्रलाई कमजोर बनाउन लाग्नु भयो भने मुलुकलाई बचाउने कसले हो ?’ 

केपी ओलीको पालामा पनि सुन तस्करी नेपालका धेरै भएको दाबी गर्दै सांसद खतिवडाले यो त्यहीको निरन्तर भएकोसमेत दाबी गरे ।  





  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार १८:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया