सुन प्रकरणमा मुछिएका महरालाई समाजवादी मोर्चाबीच पार्टी एकताबारे वार्ता गर्ने जिम्मेवारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरालाई समाजवादी मोर्चाको प्रतिनिधित्व एवं पार्टी एकताबारे वार्ता गर्ने जिम्मेवारी दिएको छ । 

महरा सुन प्रकरणमा दाेषी रहेकाे भन्दै विपक्षीले उनीमाथि छानबिनकाे माग गरिरहेका छन् । तर, प्रधानमन्त्रीकाे दल माओवादी केन्द्रले उनलाई थप जिम्मेवारी दिएकाे छ ।

माओवादी केन्द्रको गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंस्थित कमलादीमा सम्पन्न चौथो पूर्ण बैठक सम्बन्धमा सोमबार जारी परिपत्रमा सो निर्णयबारे उल्लेख गरिएको छ ।

जारी परिपत्रमा भनिएको छ, '‘समाजवादी मोर्चामा प्रतिनिधित्व र पार्टी एकता सम्बन्धमा वार्ता गर्ने जिम्मा उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ । मजदुर, किसान, महिला, युवा, विद्यार्थी, उद्योग, व्यापार, सुकुम्वासी आदिको संयोजनको जिम्मेवारी उपाध्यक्ष पम्फा भुसाललाई दिइएको छ ।'

माओवादी केन्द्रले बुद्धिजीवी मोर्चाको जिम्मेवारी दीनानाथ शर्मा, कर्मचारी संगठन फ्र्याक्सन इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेललाई दिने निर्णय गरेको छ ।

यसैगरी, कोशी प्रदेशको चक्रपाणि खनाल, मधेश प्रदेशको लीलामणि पोखरेल, बागमतीको जनार्दन शर्मा, गण्डकीको देवेन्द्र पौडेल, लुम्बिनीको हितमान शाक्य, कर्णालीको मातृका यादव, सुदूरपश्चिमको डिलाराम आचार्य, सम्पर्क समन्वय प्रदेशको गिरिराजमणि पोखरेल, उपत्यका विशेष प्रदेशको वर्षमान पुन र प्रवास प्रदेशको जिम्मेवारी राम कार्कीलाई दिने निर्णय गरेको छ ।





  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार १८:३८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया