इटालीमा बढे अन्तर्राष्ट्रिय पर्यटक, नयाँ रेकर्ड बन्ने सम्भावना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इटालीको परम्परागत गर्मी मौसममा दिइने फेरागोस्टो बिदा मंगलबारबाट सुरु भएको छ । बिदाको सुरुवाती दिन मंगलबार इटालीमा पर्यटकको रेकर्ड ब्रेक भएको बताइएको छ ।  

कोरोना भाइरसका कारण धर्मराएको इटालीको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको हो । यस वर्ष इटालीमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या धेरै हुने अपेक्षा गरिएको छ । यसअघि सन् २०१९ मा ९६ मिलियन पर्यटकले इटालीको भ्रमण गरेका थिए । यो हालसम्मकै उच्च संख्या थियो । तर यस वर्ष भने सो संख्याभन्दा बढी पर्यटक भित्रिने अपेक्षा गरिएको छ । 

इटालीको नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सको हालै मात्र सार्वजनिक तथ्याङ्कका अनुसार दोस्रो त्रैमासिकमा इटालियन अर्थव्यवस्थामा ०.३ प्रतिशतको गिरावट आएको छ । तर जुलाईमा भने गत वर्षको तुलनामा ५.९ प्रतिशत धेरैले वृद्धि भएको बताइएको छ ।

अहिले पर्यटकको चहलपहल बढ्न थालेसँगै आर्थिक गतिविधि पनि वृद्धि हुँदै गएको स्थानीय अधिकारीहरूको भनाइ छ । 





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार ११:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया