सुरक्षा कोषको सदुपयोगले समृद्ध राष्ट्र निर्माणमा योगदान पुग्नेछ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोडिँदा समृद्ध राष्ट्र निर्माणको योजनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

सरकारले अनौपचारिक क्षेत्रका मजदुरलाई समेत सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यक्रमको शुभारम्भ  सभामा उनले, कार्यान्वयनमा थुप्रै चुनौती भए पनि सरकारले गरेको प्रयास सकारात्मक रहेको बताए । 

‘नेपालको पूर्वाधारमा विकास निर्माणमा गर्नुपर्ने राष्ट्रिय गौरवका आयोजनामा गर्नु पर्ने, समृद्ध नेपालको लागि गर्नु पर्ने काममा कोषको सही सदुपयोग गरेर मजदुरहरूको सुरक्षाको कोषले उनीहरूलाई सुरक्षा दिँदै अगाडि बढोस्,’उनले भने । 

नेपालमा झण्डै ५० लाख भन्दा बढी जनशक्ति अनौपचारिक क्षेत्रमा रहेको अनुमान छ । 





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार १५:२५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया