logo-img

भियतनामी नागरिकहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक छन् : राजदूत हाइ

नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाइले भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक रहेको बताएका छन् । बुधबार नेपाल–भियतनाम चेम्बर अफ कमर्सले राजदूत हाइको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत हाइले यस्तो बताए । 

राजदूत हाइले भियतनामीहरू नेपालको लुम्बिनी मात्रै नभएर गौतम बुद्धको जन्मभूमि लुम्बिनी तथा अन्य पर्यटकीय क्षेत्रमा आउन इच्छुक रहेको उल्लेख गरे । उनले नेपालमा धेरै पर्यटकीय गन्तव्यहरू रहेको भन्दै नेपालका ट्राभल एजेन्सीहरूले प्रोत्साहन गर्न सक्नुपर्ने बताए ।

उनले नेपालमा पर्यटनको ठूलो सम्भावनाको क्षेत्र भएकाले दुई देशले पर्यटन प्रवर्द्धनका लागि सम्पर्क सञ्जाल बिस्तार गर्न आवश्यक रहेको बताए । उनले नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध राम्रो रहेको बताए । उनले नेपाल–भियतनामको आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल बिस्तार गर्न भियतनाम सकारात्मक रहेको बताए । उनले नेपाल र भियतनाम दुवै देशबीच सिधा उडान गर्ने विषय भिसाका समस्या रहेको बताए । उनले भियतनामले विद्युतीय भिसा जारी गर्ने प्रणाली ल्याएकाले सहज भएको भन्दै नेपालले पनि विद्युतीय भिसा प्रणाली लागू गर्न सके सहज हुने बताए ।



भियतनामका लागि कन्सुलर राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी–भियतनाम सिधा उडान पहल गरिदिन राजदूत हाइलाई आग्रह गरे । उनले नेपाल–भियतनाम सम्बन्ध थप बिस्तार तथा पर्यटन प्रवर्द्धन गर्न दुवै देशबीच सिधा उडान आवश्यक रहेको बताए । उनले लुम्बिनी–भियतनाम सिधा उडान गर्न सके बुद्धिस्ट सर्किट बिस्तारमा टेवा पुग्ने उल्लेख गरे । उनले नेपाल र भियतनाम दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्ध लगायत क्षेत्रमा सहयोग आदानप्रदान हुन आवश्यक रहेको बताए ।  





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार १६:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया