सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसद्लाई बन्धक बनाए, लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका उब्जियो : सिंह
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छन् । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए । 

उनले भने, ‘सरकारले समिति सभापति चयन गर्न नै चाहेको छैन, खास कुरा त्यो हो । ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन सकेको छैन । समिति गठन नभएपछि सरकारलाई गाह्रो हुन्छ, सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति चयन हुन दिइरहेको छैन ।’ 

उनले सत्ता पक्ष र विपक्षको लडाइँका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका उब्जिएको बताए । सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसद्लाई बन्धक बनाएको आरोप लगाए । अहिले सरकारमा पनि कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिस्ट पार्टी भएको भन्दै कम्युनिस्टहरूले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताए । उनले कांग्रेस अहिले कम्युनिस्टहरूको पुच्छर भएको टिप्पणी गरे । उनले नेकपा (माओवादी केन्द्र) सुरुदेखि नै संसद् विरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको बताए । 

उनले भने, ‘सत्ता पक्ष र विपक्षको लडाइँका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका छ । अहिले संसद् चल्न नसक्नु भनेको दुवै पक्ष मिलेका छन्, तँ कुटेजस्तै गर् म रोएजस्तै गर्छु झैँ गरेर सत्ता पक्ष र प्रतिपक्षले संसद्लाई बन्धक बनाएका छन् । किनभने उहाँहरूलाई संसदीय व्यवस्थामा विश्वास नै छैन । अहिले सत्ता पक्ष पनि कम्युनिस्ट हो, प्रमुख प्रतिपक्ष पनि कम्युनिस्ट हो, काँग्रेस त पुच्छर हो त्यहाँ । माओवादी सुरुदेखि संसद् विरोधी पार्टी हो । कुनै पनि कम्युनिस्टमा संसदीय व्यवस्थामा हुँदैन । कम्युनिस्ट प्रणालीमा संसद् हुँदैन ।’ 

सांसद सिंहले कम्युनिस्टहरूलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गरे ।  





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार १८:४०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया