फेसबुक ह्याक गरी रकम ठग्ने पाँचजना पक्राउ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अरुको फेसबुक आइडी ह्याक गरी रकम ठगी गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं. १७ रामनगरघर भई हाल काठमाडौं बस्ने सिमान्त लामा, रोहन तामाङ, अमन्तलामा, अनुप श्रेष्ठ र कास्की घर भई हाल काठमाडाैं नयाँ बसपार्क बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले फेसबुक ह्याक गरी विभिन्न बहानामा ओटिपी मागी चौध लाख अन्ठाउन्न हजारको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई नयाँ बसपार्कबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार २०:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया