logo-img

डडेल्धुरामा सर्पदंशबाट किशोरको मृत्यु

डडेल्धुरामा सर्पदंशबाट एक किशोरको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–११ डौणीका १६ वर्षीय कृष्ण धामीको सर्पदंशबाट मृत्यु भएको हो । 

आइतबार बिहान करिब २ बजे सर्पले डसेपछि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको स्थानीय गणेश बोहराले जानकारी दिए ।  

उनका अनुसार सडक सुविधाबाट टाढा रहेको गाउँबाट उनलाई स्टेचरमै बोकेर अस्पताल लैजाँदै गर्दै बाटोमै मृत्यु भएको हो । धामी आलिताल गाउँपालिका–६ दोबाटामा रहेको सिद्धभगवती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए  । 







  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार ८:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया