भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगायो, अब मूल्य अझै बढ्ने

भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ । भारतको अर्थ मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्न र आन्तरिक बजारमा भान्साका सामग्रीहरूको सुनिश्चित गर्ने उद्देश्यले ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो ।

प्याजमा निर्यात शुल्क तत्काल लागू हुनेछ भने आगामी डिसेम्बर ३१, सन् २०२३ सम्म जारी रहने बताइएको छ । भदौमा प्याजको मूल्य निरन्तर उकालो लागेपछि निर्यातमा ४० प्रतिशत भन्सार दस्तुर लगाउने निर्णय भएको हो । 

आगामी महिना प्याजको मूल्य झनै बढ्नसक्ने तथ्यांकले देखाएको छ । अगस्टमा संघीय सरकारले मूल्य नियन्त्रणका लागि स्टक प्याज निकालेको थियो । जुन महिनामा भारतमा टमाटरको मूल्य महंगिएको थियो । 

भारतका प्रमुख बजारमा टमाटरको खुद्रा मूल्य प्रतिकिलो ३ अमेरिकी डलरसम्म पुगेको थियो । साथै टमाटरको मूल्य बढेसँगै नेपालबाट समेत टमाटर आयात गरेको भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बताएकी थिइन् ।  





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार १७:११:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया