logo-img

एमाले सांसद टोपबहादुर रायमाझी निलम्बित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बित भएका छन्।

बुधबार संसद बैठकमा सभामुख देवराज घिमिरेले रायमाझीको सांसद पद निलम्बन भएको सूचना सुनाएका हुन्। यसैगरी, सभामुख घिमिरेले संसदमा उपस्थित नभएका सांसदहरुको बिदा पनि स्वीकृत गराएका छन्। 

लगातार १० वा सोभन्दा कम बैठकमा अनुपस्थित १७ जना सांसदहरुको हाजिरी नभएको विवरण सुनाउँदै उनले बिदा स्वीकृत गराएका हुन्।



नेपाली कांग्रेसका सांसद विनोद चौधरी निजी कामको लागि विदेश भ्रमणमा गएको, राप्रपाका ज्ञानेन्द्र शाही अष्ट्रेलिया भ्रमण, चन्द भण्डारीले भारत र वर्षमान पुनले चीनमा उपचार गर्न गएको उल्लेख गरे।

किशोरसिंह राठौर, जीवन परियार, विष्णुकुमार कार्की, दुर्लभ थापा क्षेत्री, मनोरमा शेरचन, बिनाकुमारी थनै, आशा विक, धवलसम्शेर जबरा लगातार १० वटा बैठकमा उपस्थित भएका थिएनन्।





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार २१:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया