logo-img

राष्ट्रिय एकता सुदृढ गर्न चाडपर्वको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाइरहेका बताएकी छन् ।  

नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व, २०८० का अवसरमा शुभकामना सन्देश दिँदै उनले चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन योगदान दिने विश्वास पनि व्यक्त गरेकी छन् । 

पूर्वराष्ट्रपति भण्डारीले विविध भौगोलिक क्षेत्रमा बसोवास गर्ने विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका यस्ता पर्वले नेपालीलाई समाजमा विद्यमान अन्धविश्वास, सबै प्रकारका विभेद तथा विसङ्गतिलाई अन्त्य गरी समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गरेकी छन् ।  








  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार ७:२७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया