बारा बस दुर्घटना : मृतक सातै जनाको सनाखत, १७ जना घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवी रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

बसमा चालकसहित २६ यात्रु सवार थिए । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेको हेटौंडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् बसका चालक, सहचालक र अन्य एक जना सम्पर्कमा नआएको एसपी रिजालले बताए । उनीहरूको खोजी भइरहेको छ ।  

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई मन्दिरबाट एक सय मिटर दक्षिणतर्फको खोलामा खसेर दुर्घटना भएको हो । 





  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार ११:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया