धार्मिक, जातीय द्वन्द्व भयो भने जनयुद्धको भन्दा धेरै मान्छे मर्नेछन्ः सांसद सिंह

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशमा धार्मिक तथा जातीय द्वन्द्व हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताएका छन् । 

बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले देशभित्र राष्ट्रिय जनावर गाईलाई काटेर भोज भतेर गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे । 

सो घटना बाहिरि प्रभावबाट भएको हो कि भन्ने आशंका व्यक्त गर्दै उनले यसप्रति सरकारले कुनै प्रतिक्रिया नदिएकोमा आपत्ति जनए । यही निहुँमा धार्मिक र जातीय द्वन्द्व हुनसक्नेतर्फ सचेत गराए । देशमा धार्मिक तथा जातीय द्वन्द्व भएमा जनयुद्धमा भन्दा धेरै मान्छे काटिने उल्लेख गर्दै त्यस्तो हुन दिन नहुने बताए । 

उनले गाई काट्नेहरुलाई कानुनी कारबाही गर्न माग गरे । 
 





  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार १६:३२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया