logo-img

मेयर महर्जनको दाबी : तीन वर्षमा ललितपुरलाई देशकै उज्यालो शहर बनाउँछौँ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरलाई देशकै उज्यालो शहरको रूपमा विकास गर्ने दाबी गरेका छन् । 

शुक्रबार ललितपुरमा नेपाल इन्जिनियर्स संघले आयोजना गरेको अन्तरक्रियामा उनले ललितपुरलाई उज्यालो बनाउने कार्यमा निरन्तर लागिरहेको भन्दै अबको तीन वर्षपछि ललितपुर देशकै सबैभन्दा उज्यालो शहर बन्ने दाबी गरेका हुन् ।

उनले भने, ‘ललितपुरलाई उज्यालो बनाउने कामलाई निरन्तरता दिइएको छ । दुई तीन वर्षपछि जो कोही रात्रिकालीन अवस्थामा प्लेनमा चढेर काठमाडौं छिरेर तल हेर्दा जुन शहर उज्यालो देखिन्छ त्यो ललितपुर हुनेछ ।’



उनले ललितपुर महानगरपालीकामा ईलेक्ट्रोनिक इन्जिनियर, आईटी अफिसदेखि लिएर अहिलेको आवश्यकताअनुसारको मेनपावर व्यवस्था गर्ने बताए । उनले भने, ‘ललितपुर महानगरपालीकामा ईलेक्ट्रोनिक ईन्जिनियर, आईटी अफिसदेखि लिएर अहिलेको आवश्यकताअनुसारको मेनपावर व्यवस्था गर्न गइरहेको छौँ ।’ 
 





  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार २२:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया