गद्दारहरु दुई कौडीमा देश बेच्न तयार छन् : महासचिव विप्लव

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा दुई कौडको भिखका लागि देश बेच्न सक्ने गद्दार र लाचारहरुको ठूलो संख्या रहेको दाबी गरेका छन् । 

सोमबार काठमाडौंमा आयोजित एमसिसी कार्यान्वयनविरुद्धको बृहत् अन्तरक्रिया कार्यक्रममा उनले देशप्रति गद्दार गर्नु र आमाप्रति गद्दार गर्नु उस्तै भएको बताए । देशमा मालिकको अगाडि नाक रगडेर बस्ने दुई कौडीको भिखका लागि देश बेच्न सक्ने गद्दार र लाचारहरुको ठूलो पंक्ति रहेको दाबी गरे । 

उनले अहिले अमेरिका एक धु्रवीय नभएकाले त्यसअन्तर्गत एमसिसीमा नेपाललाई घुसाइएको तर्क गरे । उनले भने,‘विश्वव्यापी ध्रुवीकरण हुँदै छ, अहिले अमेरिका एक धु्रवीय छैन । त्यसअन्तर्गत एमसिसीमा नेपाललाई घुसाइएको छ । सबैले बुझ्न जरुरी छ, यसमा पार्टी कर्मचारी भएर होइन, यसलाई नेपाली भनेर हेर्नुपर्छ ।’

त्यस्तै, १३ गतेदेखि एमसिसी लागू गर्न लागिएको भन्दै उनले त्यो सफल नहुने चेतावनी दिए । ‘एमसिसी लागू गर्न १३ गते हस्ताक्षर हुने कुरा भएको छ रे ! तर, अमेरिकाले बुझिराखोस् । नेपालको प्रचण्ड सरकारले र सांसदहरुले पनि बुझिराखून् नेपाली जनता अब आनन्दले कानमा तेल हालेर तिमीहरुको हस्ताक्षर हेरेर बस्न सक्दैनन् । त्यो निश्चित हो, यो लागू गर्ने घात गर्न पाइँदैन, स्वीकार्य पनि छैन ।’





  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार १८:२७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया