logo-img

एसिया कप
पाकिस्तानविरुद्ध सोमपाल कामीले हासिल गरे महत्वपूर्ण उपलब्धि
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले नयाँ उपलब्धि हासिल गरेका छन् । उनले १६औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेटमा पहिलो ओभर बलिङ गर्ने तथा मेडन ओभर फाल्ने पहिलो नेपाली बलरको उपलब्धि हासिल गरेका हुन् । 

सोमपालले यो उपलब्धि बुधबार आयोजक पाकिस्तानविरुद्ध हासिल गरे । मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा  नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । यो समाचार तयार पार्दासम्म पाकिस्तानले ५ ओभरमा बिनाविकेट २१ रन बनाएको छ ।

पकिस्तान र नेपालले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका हुन् । नेपाल पहिलो भेटमै उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई स्तब्ध पार्ने रणनीतिमा छ । 



गत वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल पहिलोपटक एसिया कपमा छनोट भएको थियो । नेपाल डेब्यू एसिया कपमै सम्झनलायक प्रदर्शन गर्ने सोचमा छ ।  

पाकिस्तान नेपालविरुद्ध सहज जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । त्यसका लागि पाकिस्तानले मंगलबार नै नेपालविरुद्ध खेल्ने बलियो प्लेइङ–११ घोषणा गरिसकेको थियाे । उसले प्लेइङ–११ मा सबै प्रमुख खेलाडीलाई समावेश गरेको छ । 

पाकिस्तानविरुद्ध नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटपिकर), रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।   





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार १५:५१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया