logo-img

एसिया कपमा पाकिस्तानविरुद्ध करण केसीले रचे इतिहास

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली क्रिकेट टिमका अनुभवी तीव्र गतिका बलर करण केसीले पाकिस्तानमा जारी एसिया कपमा इतिहास रचेका छन् । उनले एसिया कप एकदिवसीय प्रतियोगितामा पहिलो विकेट लिने नेपाली बलर बन्दै इतिहास रचेका हुन् । 

करणले बुधबार उद्‍घाटन खेलमा पाकिस्तानका ओपनिङ ब्याटर फखर जमानलाई ५.३ ओभरमा १४ रनमा आउट गर्दै यो उपलब्धि हासिल गरे । उनले फखरलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।   

यस्तै, नेपाललाई दोस्रो सफलता कप्तान रोहितकुमार पौडेलले सफलता दिलाए । उनले ६.१ ओभरमा ओपनिङ ब्याटर इमा-उल-हकलाई ५ रनमा रनआउट गरे । त्यसअघि ४.५ ओभरमा सोमपाल कामीको ओभरमा आरिफ शेखले क्याच ड्रप गर्न पुगे ।  



मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा  नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो । यो समाचार तयार पार्दासम्म पाकिस्तानले ९ ओभरमा दुई विकेट गुमाएर ३८ रन बनाएको छ । 

पकिस्तान र नेपालले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका हुन् ।  

पाकिस्तानविरुद्ध नेपालको प्लेइङ–११ः कुशल भुर्तेल, आसिफ शेख (विकेटपिकर), रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।   





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार १६:२२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया