logo-img

आज जनैपूर्णिमा र रक्षाबन्धन : शक्तिपीठ भक्तजनको घुइँचो [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आज रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको छ । 

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । जनैपूर्णिमा र रक्षा बन्धनको अवसरमा शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ । 

हेर्नुस् तस्बिर :जनैपूर्णिमामा पशुपति क्षेत्रमा ब्राह्मणको हातबाट डोरो बाध्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल



 



जनैपूर्णिमाका दिन आज बिहान पशुपति क्षेत्र बागमतीमा गएर स्नान गरी जनै लगाउँदै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/रासस



जनैपूर्णिमामा आज बिहान पशुपति क्षेत्र बागमतीमा स्नान गरी ब्राह्मणको हातबाट डोरो बाँध्दै सर्वसाधारण। तस्बिर : हरिराम भेटुवाल

जनैपूर्णिमाको अवसरमा घोराही–१८ संखेपिपलस्थित कटुवा खोलामा स्नान गर्दै स्थानीयवासी । तस्बिर : कुलदीप न्यौपाने/रासस

नवलपरासीको मध्यविन्दु–३ स्थित ॐकारेश्वर महादेव मन्दिरमा शुद्ध पारिएको रक्षाबन्धन पुरोहितबाट धारण गर्दै स्थानीय । तस्बिर : टेकराज पोखरेल

पशुपति क्षेत्रमा ब्राह्मणको हातबाट डोरो बाध्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/रासस

घोराही–१८ संखेपिपलस्थित कटुवा खोलामा घोराही बजारलगायत रझेनालगायतका स्थानीय स्नान गर्दै। तस्बिर : कुलदीप न्यौपाने


  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार ९:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया