अमेरिकालाई सिरिया र इराकको चेतावनी- हाम्रो सीमानामा सैन्य बल खडा नगर्नू

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।

बुधबार बसेको संयुक्त बैठकले आफूहरूको सीमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् । सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरूले उत्तरपूर्वी सिरयाली प्रान्त हसाकाबाट अमेरिकाको नजिक दक्षिणपूर्वी क्षेत्रसम्म सिरिया–इराक सीमामा सैन्य बल र संवद्ध बिद्रोही समूहहरू अमेरिकाले जम्मा गरेकोप्रति चिन्ता व्यक्त गरे ।   

त्यस्तै, इरानी विदेशमन्त्री अमिर अब्दोल्लाहियानले अमेरिकाले यो क्षेत्रमा हानी नोक्सान नपुर्‍याउन आग्रह गरे । उनले अमेरिकी सेनालाई सो क्षेत्रबाट फर्किन चेतावनी दिए । अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानुन अनुरूपको नभएको बताए । 

सिरियाली विपक्षी कार्यकर्ताले हालै मात्र दिएको रिपोर्टमा संयुक्त राज्य अमेरिका सिरिया–इराक सीमा क्षेत्रमा इरानी प्रभाव रोक्नका लागि नयाँ योजना बनाएर अघि बढेको बताइएको छ । –सिन्ह्वा  





  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार १३:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया