डा. स्वामी केशवानन्दको ‘संस्कार शिक्षा’ सार्वजनिक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

डा. स्वामी केशवानन्दको ‘संस्कार शिक्षा’ पुस्तक सार्वजनिक भएको छ । केशवानन्दले लेखेको पुस्तक आज पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा पञ्चकन्याबाट सार्वजनिक भएको हो ।

भविष्यका कर्णधार बालबालिकाको समुज्ज्वल जीवनका लागि शास्त्रीय आधार दिने उद्देश्यले पुस्तक तयार पारिएको केशवानन्दले बताए । ‘सनातन संस्कृति र मानवीय मूल्यको सर्वोत्कृष्ट यात्राका लागि पुस्तक तयार पारिएको हो,’ उनले भने, ‘पुर्खाले जीवनयापनमा आवश्यक सम्पूर्ण कामलाई संस्कारसँग जोडेकाले सोही कुरा पुस्तकमा समावेश गरिएको छ ।’

एक सय १९ पृष्ठको पुस्तक भाना फाउण्डेसनले प्रकाशन गरेको हो । पुस्तकको मूल्य ५५५ रुपैयाँ तोकिएको छ । पुस्तकमा गणेशवन्दना, सरस्वतीवन्दना, शिवस्तुति, गुरुवन्दना, देवीवन्दना, विष्णस्तुति, लक्ष्मीवन्दना, सूर्यवन्दना, कृष्णस्तुति, रामवन्दना, हनुमद्वन्दनालगायत विभिन्न चाडपर्व तथा संस्कार शिक्षाका बारेमा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार २०:४२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया