युरोपियन युनियनको कालोसूचीमा थपिए दश देश

एजेन्सी– युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । 

संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । 

अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको थियो । पनामा पेपरस र लक्सलिक्स जस्ता भष्ट्राचारी काण्डलाई सन् २०१७ मा समेटिएको थियो । 

युरोपियन युपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जनाएको छ । अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआतु र डोमिनिका खैरो सूचीमा परेका हुन् । 





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार ७:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया