किन बन्द भयो फेसबुक पेज रुटिन अफ नेपाल बन्द ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । ४० लाख फलोअर्स भएको लोकप्रिय पेज ‘प्रेसर थाम्न नसकेर’ बन्दको निर्णय लिइएको बताइएको छ । 

यसअघि उक्त पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको जानकारी दिएका थिए । त्यसको केही समयपछि सो फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो ।

बालेन र भिक्टर नजिकका साथी हुन् । रुटिन अफ नेपाल बन्दले स्थानीय निर्वाचनमा बालेनलाई समर्थन गरेको थियो । लाखौँ फलोअर्स भएको पेजले एकजनाको पक्षमा लबिङ गरेको भनेर त्यसबेला आलोचना भएको थियो । 

विवादमा परेपछि रुटिन अफ नेपाल बन्द अस्थायी रुपमा बन्द गरिएको बताइएको छ । 





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार १८:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया