एमालेलाई सरकारमा जान हतार छैन : ईश्वर पोखरेल
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताएका छन् ।

प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको बताएका हुन् ।  

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘वर्तमान सरकारमा सहभागी हुने मनसाय पार्टीको छैन । सरकारलाई ढाल्ने प्रयासमा लाग्नुभन्दा पनि आगामी निर्वाचनमा बहुमत ल्याउने गरेर संगठन निर्माणमा केन्द्रित हुन व्यस्त छौँ ।’

उनले ‘समृद्ध नेपाल : सुखी नेपाली’को आकाङ्क्षा एमालेले मात्रै पूरा गर्नसक्ने जनाउँदै विचार र एजेन्डाबिनाका दलहरूबीच निर्वाचनमा गठबन्धन नहुने टिप्पणी गरे । 

पार्टीलाई बलियो बनाउन जबजको विकास तथा दसौँ महाधिवेशनको कार्यदिशा र कार्यभार अनुसार पार्टीको नेतृत्व तहदेखि तल्लो तहसम्म नै विधिबाट निर्देशित हुने भएकाले पार्टीमा कुनै नैरश्यता नरहेको उनले दाबी गरे । 





  • प्रकाशित मिति : भदौ २०, २०८० बुधबार १४:१५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया