उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । रुसको भोस्टोचनी कस्मोड्रोममा भएको भेटवार्ताको केही समयपछि प्योङयाङले आफ्नो पूर्वी तटबाट छोटो दूरीका दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

रुसको सरकारी मिडियाले भनेको छ, ‘पुटिनले किमलाई भने  यहाँलाई देख्न पाउँदा धेरै खुसी लागेको छ, त्यसै गरी किमले व्यस्तताका बाबजुद पनि रुस भ्रमणको निमन्त्रणा गरेको भन्दै पुटिनलाई धन्यवाद दिए ।’

उत्तर कोरियाली नेताको साथमा सैन्य र हतियार उद्योगका शीर्ष अधिकारीहरू छन् । किम–पुटिन वार्ताले सम्भावित हतियार बिक्रीलाई मूर्तता दिने अपेक्षा गरिएको छ । 





  • प्रकाशित मिति : भदौ २७, २०८० बुधबार १२:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया