मुम्बईमा विमान दुर्घटना, आठजना घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतको मुम्बईमा विमान दुर्घटना भएको छ । भारी वर्षाका कारण मुम्बइस्थित विमानस्थलमा बिहीबार साँझ सानो विमान दुर्घटना भएको हो । 

दुर्घटनामा परी आठजना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा टुक्रिएको छ । 

सो निजी विमानमा चालक दलका तीन सदस्यसहित आठजना सवार थिए । दुर्घटनापछि विमानस्थलमा उडान आगमन र प्रस्थान केहीबेर रोकिएको थियो । 

विमानस्थलले विज्ञप्ति जारी गर्दै ‘विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भिटी–डिबिएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६ः४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको’ जनाएको छ । 





  • प्रकाशित मिति : भदौ २८, २०८० बिहीबार २३:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया