इमानदारिताका साथ काम गरे शिक्षामा मकवानपुरले इतिहास बनाउनेछ : दीपक सिंह

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मकवानपुरका प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले हेटौंडामा इन्जिनियरिङ क्याम्पसको आवश्यकता रहेको औंल्याएका छन् ।   

मकवानपुर बहुमुखी क्याम्पसको १७औँ क्याम्पस सभालाई सम्बोधन गर्दै उनले जिल्लाका विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि अन्यन्त्र धाउनुपर्ने समस्यालाई दृष्टिगत गर्दै औद्योगिक नगरी हेटौंडामा इन्जिनियरिङ कलेजको अवधारणाका लागि पहल गरिरहेको जानकारी दिए । 

मयूरधाप औद्योगिक क्षेत्रको काम अन्तिम चरणमा पुगेको जनाउँदै सिंहले औद्योगिक नगर भनेर चिनिने हेटौंडामा इन्जिनियरिङ कलेज स्थापना गर्न सके दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताए । शिक्षा क्षेत्रमा मकवानपुर क्याम्पसले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले इमानदारिताका साथ काम गर्ने हो भने शिक्षा क्षेत्रमा मकवानपुरले इतिहास बनाउने बताए ।

मकवानपुरका प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका सचेतक महेश बर्तौलाले निःशुल्क शिक्षा आवश्यक रहेको बताए । सामुदायिक क्याम्पसमध्ये मकवानपुर क्याम्पसले शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले उच्च शिक्षामा पनि निःशुल्क गराउन सके कोही पनि शिक्षाबाट वञ्चित हुन नपर्ने बताए । सचेतक बर्तौलाले विद्यार्थीहरूका लागि सहुलियत शिक्षामा सरकारले चासो राख्नुपर्नेमा जोड दिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षतामा भएको सभामा पौडेलले क्याम्पसका वार्षिक प्रगति प्रतिवेदन तथा कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै, कोषाध्यक्ष हिरालाल श्रेष्ठले २४ करोड ९८ लाख ६९ हजार ३ सय रुपैयाँको चालू आव २०८०/८१ को अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । रासस





  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार १६:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया