डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ सार्वजनिक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

 वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक सार्वजनिक भएको छ । उक्त पुस्तकको आवरण पृष्ठ सञ्चारकर्मीहरूका बीच शुक्रबार लेखक डा. ओम मूर्ति अनिल, उनी श्रीमती मनीषा, छोरी अनिशा र आरभले संयुक्तरूपमा अनावरण गरे ।   

जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ ।

पुस्तकमा सम्बन्धहरूको गहिराइलाई केलाइएको छ । त्यस्तै व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित हुँदै  मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकको छ । पुस्तकले सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिनेछ  । 

२४० पृष्ठको पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई संस्मरणात्मकरूपमा समेटिएको छ । पुस्तक प्रकाशनको मूल उद्देश्य पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिने फाउन्डेसनले जनाएको छ ।  





  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार १७:७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया