logo-img

सरकारको अकर्मण्यताका कारण मूल्य वृद्धि उच्च : पूर्वअर्थमन्त्री खतिवडा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारको अकर्मण्यताको कारण बजारमा मूल्य वृद्धि अनियन्त्रित भएको बताएका छन् । 

आइतबार ललितपुरमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ताको हितको सबाल’ विषयक विचार गोष्ठीमा उनले सरकार विगतमा चुप लागेर बसेको र बजारलाई उपभोक्ता हितको लागि सुसूचित गर्ने अनुगमन प्रणाली कमजोर भएकै कारण बजारमा मूल्य वृद्धि भएको बताए । 

उनले भने, ‘बजारलाई सुसूचित गर्ने हाम्रो प्रणाली छैन । कहाँ कहाँ युद्ध भयो रे कहाँ के भयो रे भनेपछि यहाँ बजारमा हल्लै हल्लामा मूल्य बढाइदिन्छौँ । बजार अनुगमन गर्ने बाणिज्य विभागको मान्छे त फुटबल खेल्या झैँ खेल्याखेल्यै हुनुहुन्छ उहाँहरु, अनि कसरी अनुगमन हुन्छ । त्यसमा पनि बजार अनुगमनको फ्रिक्वेन्सी नै छैन ।’ 



उनले मूल्य वृद्धि अत्याधिक रुपमा हुनुमा सरकार नै चुकेको आरोप लगाए । ‘कतिपय सामग्रीको चार वर्षमा भएको मूल्यवृद्धि भन्दा बढी अहिले दुई वर्षमा मूल्य वृद्धि भएको छ । यसरी मूल्य वृद्धि हुँदाखेरि एकातिर हामी आर्थिक मन्दी भन्ने, आर्थिक मन्दी भएपछि स्वाभाविक रुपमा मूल्य पनि नबढ्नु पर्ने हो, अर्थशास्त्रले त्यही भन्छ । अनि आर्थिक मन्दी पनि छ, बजारमा कृत्रिम अभाव पनि छ, कसैको एकाधिकारी प्रवृत्ति पनि छ र बजारमा जथाभावी मूल्य बढाउनेलाई रोक्ने बजार अनुगमन पनि छैन । यस्तो बिडम्वनापूर्ण स्थिति सरकारको अकर्मण्यताले हुने कुरा हो ।’
 
 





  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार १९:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया