तीनकुने सामूहिक हत्याकाण्ड : यसरी भएको थियो घटना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा भएको चारजनाको सामूहिक हत्या सवारी दुर्घटनाको निहुँमा भएको खुलेको छ । सो हत्याकाण्ड अफूले गरेको स्वीकार गरेका सञ्जय भण्डारीले प्रहरीलाई प्रहरीलाई दिएको बयानबाट यस्तो रहस्य खुलेको हो । 

आरोपित भण्डारी जन्मजात मुख नबोल्ने भएकाले उनले सुरुमा लेखेर प्रहरीले सोधेको प्रश्नको जवाफ दिएका थिए । प्रहरीले पछि दोभाषे झिकाएर उनको बयान लिएको थियो । 

सिन्धुपाल्चोकको बाह्रबिसे–९ घर भई हाल काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय भण्डारी र हत्या भएकामध्येका एक नवीन भन्ने विशाल राईबीच पुरानो दुस्मनी थियो । केही पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको तर राईले आफैमाथि कुटपिट गरेको उनले बयानमा खुलाएका छन् । 

भण्डारी आइतबार काँडाघारी क्षेत्रबाट पक्राउ परेका थिए । प्रहरीले घटनामा प्रयोग भएको खुकरीसहित उनको झोला बरामद गरेको थियो । सो दिन उनले कलेज जाने क्रममा आफूसँग पहिले दुस्मनी रहेका विशाललाई सो सःमिलमा देखे । बेलुकीको समयमा सःमिलमा आइपुगेका उनी पछाडिपट्टिको बन्द गेटबाट चढेर राईको कोठामा पुगे । 

राईले किन आएको भनेर भण्डारीमथि कुटपिट गरे । त्यसपछि आफूले खुकुरीले राईको टाउकोमा प्रहार गरेको भण्डारीले बयानमा बताएका छन् । अन्य तीनजना सँग भने आफे्नो कुनै दुस्मनी नरहेको, तर सो राईमाथिको आक्रमण उनीहरुले देखेका कारण उनीहरुको पनि पालैपालो हत्या गरेको उनले बताएका छन् ।



विशाललाई ढलाएपछि उनले सुरुमा सुभद्रा भुजेलमाथि आक्रमण गरे । त्यसपछि पालैपालो पूर्णबहादुर भुजेल र अम्बिकालाई टाउकोमै खुकुरी प्रहार गरेको उनले बयानमा खुलाएका छन् ।  दिदीभिनाजुसँग काँडाघारीमा बस्दै आएका भण्डारी चारजनजाको हत्यापछि फेरि काँडाघारीस्थित दिदीभिनाजुको कोठामा पुगेर सुते ।



सिन्धुपाल्चोक गएर लुक्ने सोचका साथ हिँडेका उनलाई प्रहरीले आइतबार पक्राउ गरेर हतियार समेत बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 

आइतबार साँझ जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन गरेर अभियुक्त भण्डारीलाई सार्वजनिक गरेको छ ।

  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार २३:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया