वर्तमान संविधान भविष्यको गोरेटो : ओली

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस नेपाली जनताको साझा उपलब्धि र गौरवको साझा दिवस रहेको भन्दै वर्तमान संविधान नै नेपाली जनताको भविष्यको गोरेटो भएको बताएका छन् ।  

बुधबार संविधान दिवस (राष्ट्रिय दिवस) २०८० को विशेष अवसरमा एमालेद्वारा नक्साल नारायण चौरमा आयोजित ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रममा ओलीले राष्ट्रिय दिवसको रूपमा मनाइँदै गरेको संविधान नेपाल र नेपाली जनताको उपलब्धि भएको बताएका हुन् ।

‘जसरी राष्ट्रिय दिवसको रूपमा संविधान मनाइरहेका छौँ । यो सरकारी दिवस होइन यो त सरकारको पनि दिवस हो,’ ओलीले भने, ‘आम नेपाली जनताको दिवस हो । नेपालको उपलब्धि हो । नेपाली जनताको उपलब्धि हो । नेपालको भविष्यको गोरेटो हो यो संविधान ।’ 

ओलीले संविधान कुनै एक वर्ग, जाति, भूगोल विशेषको मात्र नभएर मेची महाकालीदेखि विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा गौरवको विषय भएको बताए । 

‘यो दिवस एउटा पार्टी विशेषको दिवस होइन । एउटा विचार, जाति, भूगोल, पेसा व्यवसाय विशेषको दिवस होइन यो त सम्पूर्ण नेपाली जनता मेची महाकालीदेखि प्रवासमा जहाँ भए पनि नेपाली जनताको साझा उपलब्धिको साझा दिवस हो । साझा गौरवको साझा दिवस हो । सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो,’ ओलीले भने ।  





  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार १२:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया