पुरुष भलिबलमा लगातार दोस्रो हार, नेपाल प्रतियोगिताबाट बाहिरियो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली पुरुष भलिबल टिम हाङचउ एसियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय व्यहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।

चाइना टेक्स टाइल कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट सजिलै गुमाएको थियो । नेपालले दोस्रो सेटमा दुईपल्ट अग्रता लिएता पनि त्यसलाई कायम गर्न सकेको थिएन ।

पछिल्ला दुई एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण जितेको इरानले नेपाललाई  २५–९, २५–१५ र २५–१३ ले हरायो । नेपाल यसअघि बहराइनसँग पनि पराजित भएको थियो । 

प्रतियोगितामा सहभागी कुल टिमलाई छ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट दुई टिमले अघिल्लो चरणमा प्रवेश पाउने छन् ।





  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार १५:२२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया