पुरुष भलिबल : नेपाल पराजित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

१९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष भलिबल खेलमा नेपाल इरानसँग पराजित भएको छ ।

चीनमा भएको उक्त प्रतियोगितामा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । यससँगै नेपाल लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बहिरिएको छ । हिजो भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ को  सेटमा पराजित भएको थियो

आज भएको खेलमा  नेपाल इरानसँग ९–२५, १४–२५, र १३–२५ ले पराजित भयो । एसियाली खेलकुदको औपचारिक उद्घाटन भने यही असोज ६ गते हुनेछ । 

उद्घाटनअघि भलिबल, फुटबल र क्रिकेट खेल हिजोदेखि नै सुरु भइसकेका छन् । 





  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार २२:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया