गोलको वर्षा भएको खेलमा युनाइटेडमाथि बायर्नको रोमाञ्चक जित

युरोपेली च्याम्पियन्स लिगमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडविरुद्ध जित दर्ता गरेको छ । बुधबार राति समूह ‘ए’ अन्तर्गत भएको खेलमा बायर्नले युनाइटेडविरुद्ध ४–३ गोल अन्तरको जित दर्ता गरेको हो ।  

बायर्नको घरेलु स्टेडियम एलियान्ज एरिनामा भएको खेलमा उसको लिरोय साने, सर्ज गनाब्री, ह्यारी केन र म्याथिस टेलले १/१ गोल गरे ।

युनाइटेडका लागि कासेमिरोले २ र रासमुस होइलन्डले १ गोल गरे ।

जितपछि बायर्नले तीन अंक जोडेको छ । पुछारमा रहेको युनाइटेड अंकविहीन छ । यस्तै, यही समूहमा गालाटासरे र एफसी कोपेनहेगनले २–२ गोलको बराबरी खेले । यी दुई टिमको एक/एक अंक छ । 
 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार ७:३१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया