logo-img

डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवा रहेका प्रहरीले जनाएको छ । 

उनीहरूसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२० वर्षीया एक युवतीमाथि फरक-फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



डडेल्धुरा प्रहरीकाअनुसार पक्राउ परेकामाथि गत ५ वैशाखमा नानिगाड खोला र गत १२ वैशाखमा साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवतीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ । 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार ८:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया