१४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर प्रयोग नगर्न निगमकाे आग्रह

नेपाल आयल निगमले १४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर प्रयोग नर्गन आग्रह गरेको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो क्षमताभन्दा बढीका सबै प्रकारका सिलिण्डर गैरकानुनी भएको जनाएको हो ।

‘निगमले एलपी ग्यास विनियमावली, २०६५ अनुसार अनुमति दिइएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘१४.२ केजीभन्दा बढी ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न यसै सूचना मार्फत जानकारी गराइएको छ ।’

विभिन्न स्थानमा ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरसमेत एलपी ग्याँस भरी बिक्री वितरण भएको भन्दै निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमले त्यस्ता सिलिन्डरको प्रयोग नगर्न उपभोक्तालाई अनुरोधसमेत गरेको छ ।





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १८:१३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया