सरकार–शिक्षकबीच आज औपचारिक वार्ता हुँदै
फाइल तस्बिर

सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज औपचारिक वार्ता हुँदै छ । यसअघि हिजोको दोस्रो वार्ता पनि निष्कर्षविहीन भएको थियो । 

बिहीबारको वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरूको सहभागी थिए । 

त्यस्तै, शिक्षकको तर्फबाट शिक्षक महासंघका पदाधिकारी रहेका थिए । उक्त बैठक विनानिष्कर्ष टुंगिएपछि आज औपचारिक वार्ता हुन लागेको हो । 

आज बिहान ८ बजेका लागि बैठक बोलाइएको छ । सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेपछि विधेयकमा रहेको प्रावधानप्रति आपत्ति जनाउँदै शिक्षक महासंघले आन्दोलन घोषणा गरेको हो । 





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार ६:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया