अपूरो सहमतिले राहत शिक्षक आहत : सहमतिमा नसमेटिएको भन्दै आन्दोलन जारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राहतका शिक्षकहरूले सरकारसँग भएको सातबुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलन जारी राखेका छन् । 

सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफूहरूको माग सम्बोधन नगरेको भन्दै राहतका शिक्षकहरूले शनिबारमा काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका हुन् ।

सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए । 

उनले देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्नका लागि राहत शिक्षक नै बन्नुपर्ने थियो । अरू विकल्प नभएको गुनासो गरे ।

‘देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्छु भन्दा राहत शिक्षक नै बन्नुपर्ने थियो, अरू विकल्प थिएन । हामी रहरले राहत शिक्षक भएका हौँ ? गुणस्तरीय शिक्षक बन्छौँ र सामुदायिक विद्यालय सुधार्छौं भनेर लागेका हौँ,’ उनले भने, ‘स्थायी व्यवस्थापन गर्नुपर्दैन ? हिजो भएको सहमतिमा ५० हजार राहतको शिक्षकको असहमति छ ।’



उनले आफूहरुको माग सम्बोधन नभएसम्म घर नफर्कने भन्दै भने, ‘यो आन्दोलन भोलिदेखि झन् सशक्त बनाउने भनेर सबै जिल्लाका शिक्षक र आन्दोलन घटकका अध्यक्षहरू जुटेर राज्यलाई कसरी झुकाउने भन्ने रणनीति बनाएर मात्र घर फर्किनेछौँ, नत्र माइतीघरमै बस्नेछौँ ।’ 



बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित भएर आन्दोलन  गरिरहेका थिए ।

शुक्रबार साँझ शिक्षकहरूसँग सरकारले वार्ता गरेपछि शिक्षकहरूको आन्दोलन स्थगित गरेको थियो । तर, सरकारसँग गरेको सातबुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरू आक्रोशित भएका हुन् । 

 


 

 

  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार १६:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया