नयाँ बानेश्वरमा खुल्यो युनिक्याम्पसको नयाँ शाखा

युनिक्याम्पसले नयाँ बानेश्वरमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । २२ वर्ष पुरानो शैक्षिक परामर्शदाता युनिक्याम्पस ग्लोबलले आइतबार बानेश्वरमा शाखा कार्यालय उद्घाटन गरेको हो ।

युनिक्याम्पस ग्लोबलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) घनश्याम घिमिरेले रिबन काटेर शाखा कार्यालयको उद्घाटन गरेका थिए । उक्त उद्घाटन समारोहमा युनिक्याम्पस ग्लोबलका अध्यक्ष विज्ञान श्रेष्ठसमेत लगायत यस क्षेत्रमा संलग्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

विदेशबाट उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको सपना साकार पार्दै आएको यस क्याम्पसले विद्यार्थीको सेवालाई थप प्रभावकारी र सहज बनाउन नयाँ बानेश्वरमा आफ्नो शाखा विस्तार गरेको हो ।

करिब दुई दशक लामो समयदेखि यस क्षेत्रमा काम गर्दै आएको युनिक्याम्पसले अस्ट्रेलिया, बेलायत, अमेरिका, न्यु जिल्यान्ड, क्यानडालगायत विश्वका विभिन्न मुलुकमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई जान सहयोगी भूमिका खेल्दै आएको छ ।

युनिक्याम्पसको नयाँ बानेश्वरको शाखा कार्यालय अल्फविटासँगै जोडिएको भवनको तेस्रो तलामा रहेको छ । काठमाडौंको पुतलीसडकमा रहेको प्रधान कार्यालयबाट प्रवाह भइरहेको सेवा अब बानेश्वर शाखाबाट विद्यार्थीले पाउन सक्नेछन् ।



नयाँ खुलेको शाखाबाट विदेशमा अध्ययन गर्नका लागि आवश्यक पर्ने सबै खालका तयारी कक्षाहरू समेत सञ्चालन हुनेछन् । नयाँ शाखा खुलेको अवसरमा आगामी दुई दिनसम्म आउने सबै विद्यार्थीलाई ५० प्रतिशतसम्म छुट दिइएको छ । 



तयारी कक्षा लगायत अध्ययनका लागि गरिने प्रक्रियामा ५० प्रतिशतसम्म छुट दिने युनिक्याम्स बानेश्वर शाखा सञ्चालक सरोज सापकोटाले जानकारी दिए । 

 

  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार १५:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया