logo-img

लुम्बिनी प्रदेश सरकारले राउटेलाई दियाे दसैँ खर्च

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दसैँ खर्च उपलब्ध गराएको छ । मंगलबार दसैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई खर्च उपलब्ध गराइएको हो । 

अर्थमन्त्री धनबहादुर मास्कीले दसैँ खर्चबापत २५ हजार उपलब्ध गराएका हुन् । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

उनीहरुले प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केही दिनदेखि उनीहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा पुगेर दसैँ खर्च माग्दै आएका थिए । 







  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार १५:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया