एपेक्स आइसिसी कप : एसीई कलेजविरुद्ध लिभरपुलको सानदार जित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंमा जारी एपेक्स आइसिसी कप २०२३ क्रिकेट प्रतियोगितामा लिभरपुल कलेजले जित निकालेको छ । बुधबार भएको पहिलो खेलमा उसले एसीई इन्स्टिच्युट एन्ड म्यानेजमेन्ट कलेजविरुद्ध ७ विकेटको जित निकालेको हो । 

काठमाडौंको मूलपानीस्थित पवित्र क्रिकेट मैदानमा एसीई कलेजले दिएको १ सय ८ रनको लक्ष्य लिभरपुलले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍याे ।

उसका लागि छुनछुन यादवले ३०, अभिषेक यादवले २० र प्रज्वल खत्रीले १३ रन बनाए । बलिङमा एसीई कलेजका गजेन्द्रकुमार पटेलले दुई र हरिस पोदारले एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एसीई कलेज १८.५ ओभरमा १०७ रनमै अलआउट भयो । उसका लागि अमन शाहले २०, रवि शर्माले १६ र विज्ञान भट्टराईले १५ रन जोडे ।

लिभरपुल कलेका लागि अभिषेक यादवले चार, जयराम यादवले दुई र अजय राजवंशीले एक विकेट लिए । उत्कृष्ट बलिङ गरेका लिभरपुलका अभिषेक यादव ‘म्यान अफ द म्याच’ घोषित भए ।  



२ लाख २५ हजार रुपैयाँ पुरस्कार राशि रहेको अन्तर–कलेज यस प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार र उपविजेता टोलीले ७५ हजार रुपैयाँ पाउनेछ । यस्तै, व्यक्तिगत प्रतिभाको कदरस्वरूप उत्कृष्ट बलर र ब्याटरले जनही १० हजार र प्लेयर अफ दी सिरिजले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  



यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले २ हजार ५ सय नगद पुरस्कार र प्रशंसापत्र पाउने आयोजकले जनाएको छ । ‘प्रतिभा विकास र खेलकुदका लागि एक सच्चा अधिवक्ता’ भन्ने मूल नाराका साथ प्रतियोगितालाई हब इन्टरनेशनल एजुकेसन प्रायोजन गरेको छ ।   

यस्तै, अटोमोबाइल क्षेत्रको प्रख्यात होन्डा कम्पनीले यस प्रतियोगिताको सञ्चालन गरेको छ । यस प्रतियोगितामा लिभरपुल इन्टरनेशनल, थेम्स, रेम्बो इनटरनेशनल, सेन्ट जेभियर, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौं विश्वविद्यालय, पाटन बहुमुखी क्याम्पसलगयत १६ कलेजको सहभागिता रहेको छ । प्रतियोगिता आगामी १० अक्टोबरसम्म जारी रहनेछ । 

  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार १४:१५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया