logo-img

एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशन भोलिदेखि प्रदेश राजधानी विराटनगरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

अधिवेशन आयोजक मूल समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो । पार्टीका प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मनोनीत बाहेकका प्रतिनिधि छनोटको कार्य पूरा भएको बताए ।

भोलि शुक्रबार उद्घाटन हुने अधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने प्रदेश कमिटी अध्यक्ष न्यौपानेले बताए ।



अधिवेशनमा १३७ पालिका, २३ जन वर्गीय संगठन, दलित, मजदुर समेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ । पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने बताए ।

अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनाइएको छ । अधिवेशन लागि ९९७ प्रतिनिधि चयन भए पनि त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन सकेको छैन । 

अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गरिने जनाइएको छ । प्रचार उपसमिति संयोजक शैलेश लामाले अधिवेशनले राजनीतिक वृत्तमा महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बताए । 



पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य भीम आचार्य, अग्नि खरेल, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाम्फे लगायत नेताहरूको सहभागिता थियो ।



  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १६:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया